Dark Light

सुन्दै, पढ्दै आएको हामीले “ज्ञानी मान्छे सुखी अनि अज्ञानी मान्छे दुखी ” हुन्छन भनेर ! अब हामी एकाइसौँ शताब्दी को मानव हरु अज्ञानी त पक्कै हैन , तर पनि हामी तनाव अनि दुख मा किन छौ ?

अब अलि समय मा पछाडी जाउँ ! नेपालमै २०-२५ बर्ष अघि सम्म मेडिकल का विधार्थी हरु के मा scope छ भन्दा dental पढ्नु पर्छ देश विदेश सबै तिर राम्रो छ भन्थे ! अब अहिले survey गरौँ त psychiatric मा scope भन्ने कुरा धेरै आउँछ !

यो किन भयो ? हामी सबै कुरा मा यत्ती विकसित भएर पनि झन दुखमा छौँ , या त हामी अज्ञानी हौँ या त हामीले लिएको ज्ञान मा केही कमि छ !

अब एकपल्ट चिन्तन गरौँ हाम्रो ज्ञान् को बारेमा ! धेरैलाइ कुरा चित्त नबुझ्न सक्ला तर सोच्न चारैतर्फ बाट सकिन्छ ! मन्थन गरौँ मिलेर !

हामी आधुनिकता को नाम मा जत्ती पनि विकास गरेउँ त्यो सवै हाम्रो इन्द्रिय तृप्ती को लागि गरेउँ , आफ्नो बुद्दी भौतिक विकास को लागि खर्चियौँ ! हिन्दा खुट्टा दुख्यो मोटर बनाएम , कुरा गर्न फोन बनाएम , बाटोघाटो , कलकारखाना सबै बनाएऔँ , हाम्रो दैनिकी पनि सजिलो भयो छिटो छरितो भयो … सोचेउँ कि हामी सुखी भयौँ ! तर सुख को अर्थ यहि हो त ?

सुख हामी मानव ले अनुभव गर्नै पाएको छैनौ ! उदारण :

एकदम गर्मी हुन्दा , पंखा लिएर आयौँ अब पंखाको हवाले शितल हुन्छ अनि हामी लाई बानी पर्न थाल्यो ! अब कुनै दिन बत्ती गयो अब तिमिलाइ पहिले भन्दा बढी गर्मी हुन्छ किनभने पंखाको बानी पर्यो तिमी आसक्त भयौं ।

अब यस्मा सुख के भनेर सोधौँ भने पंखा मा बस्नु सुख हो ! तर त्यो सुख हैन दुख अलि कम भएको हो ! दुख को कमी नै सुख भनेर हामी भ्रम मा छौ !

श्री कृष्ण भन्नू हुन्छ ” यो संसार दुखालय हो , यहाँ जन्मदेखी मृत्यु सम्म दुखले घेरी रहन्छ ।”

“भौतिक सुखको तिब्र इच्छा नै दुख को कारण हो “

अब भौतिकता वादी हरु तेसो भए त हामी अहिले सम्म ढुङ्गे युग मै हुन्थियौ ! मुर्खनै हुन्थियौँ अन्धकार मै रहन्थियौँ ।

उनिहरु ले पुर्बज लाई बुद्दु सम्झिन्छन ! अब उदारण :

हामी छिटो घर बनाउन लाई सिमेन्ट बनायोउ ! तर एक पल्ट हेर त स्वास्थ को लागि माटो को घर ठिक हुन्छ कि सिमेन्ट को अनि सिमेन्ट को आयु र माटो को आयु हेरौँ थाह हुन्छ !

अब उनिहरु भन्छन ” हो हामीले विकाश नगर्दा सम्म मान्छे झाडापखाला , tb जस्तो रोग ले मर्थे “

उनिहरु मर्न लाई त कारण थ्यो ! किटाणु ले गर्दा मर्थे ! अब अहिले त हामी बिना कारण मर्छौ किन मर्यो भन्दा stress , depressed ? कुन किटाणु हो यो ? सोचेको छौ त ?

म भौतिकता को विरुद्ध मा हैन ! तर भौतिक शिक्षा संगै आध्यात्मिक शिक्षा पनि दिन जरुरी छ ! पुर्वज संग अध्यात्मिक ज्ञान् थियो ! घर अधेरो भएनी मन उज्यालो थ्यो !

हामी लक्ष्य प्राप्ति को कडा मेहेनत गर्न सिकाउछौँ तर बाधा अर्चन आइपर्दा संयम कसरी हुने त्यो ज्ञान् खै ? हामी घडी उपहार दिन्छौ तर समय खै ? भौतिक को लागी हामी बच्चा देखि भागम भाग अनि अध्यात्मिक कुरा गरौँ न भन्दा बुढेसकालमा गरौलाँ !

भौतिक बस्तु चाहिन्न भनेको हैन तर जति चाहिने तेत्ती मात्र !

भौतिक सुखको चरम इच्छा ! अनि आसक्ति हुनु नै दुख को कारण हो !

भौतिक विकास ! संगै अध्यात्मिक ज्ञान् पनि ग्रहण गरौँ ,

अब खोज आफै भित्र ! संयम को लागी!

“जत्ती धेरै सुविधा को साधन , उत्ति धेरै दुखको कारण “

Leave a Reply

Your email address will not be published. Required fields are marked *