“म”

हामी किन दुखी त ?

मनुष्य किन सर्वश्रेष्ठ प्राणी ? के फरक हामी र पशु मा ?

Dark Light

“कसैले छोडेर गयो भनेर दुखित नहुनु , जो भाग्य मा छ उ जसरी नि आउँछ र जो भाग्य मा छैन उ आएर नि जान्छ “

यो पंक्ति हामी मध्य धेरै जनाले सुनेकै होला ! मुख्यत प्रेम सम्बन्ध असफल हुन्दा .. हरेक सामाजिक संजाल अनि चलेका motivation speaker हरुबाट ?

झट्ट सुन्दा ओहो! यो त सत्य हो अब उ मेरो भाग्यमै छैन भने कसरी हुन्छ भाग्य मा भको मान्छे अवश्य आउँछ ! अनि जत्ती पल्ट असफल हुन्छौ भाग्य लाई दोष ! पटकपटक असफल तिमी हुने अनि विचरा भाग्य !!! त्यो समय जस्ले जे भनेनी सहि लाग्ने समय हो तसर्थ उक्त पंक्ति लाई छोडेर सत्य कुरा के हो जिज्ञासा् राखौँ … चिन्तन गरौ !!

“जो छोडेर गयो तेस्लाइ जान देउ ! याद राख जो आज तिम्रो साथ छ त्यो पनि भोली अवस्य नै छोडेर जान्छ ! “

अब यो पंक्ति पढ्नुस ! सुन्दा एकदम गारो अनि खरो लाग्छ तर सत्य यहि हो ! जब यो कुरा तिमिले बुझ्छौ तब संसार को कुनै पनि बिछोड दुख अनि चिन्ता ले तिमिलाइ सताउदैन !

सत्य यहि हो कि कुनै पनि कुरा स्थाइ छैन !

अब अर्को कुरामा एकपल्ट चर्चा गरौँ

“म दुखित छु “

“म खुसी छु”

“म धनी छु “

“म गरिब छु “

“म निरोगी छु “

“म रोगी छु “

यो सबै परिस्थिति लाई एकपल्ट सोचौँ त के फरक छ ?

पछाडी भएको परिस्थिति त आउँछ जान्छ त्यो स्थाइ छैन आज खुसी भोलि पीडा नि हुन्छ , गरिब धनी पनि हुन्छ धनी गरिब पनि ! तर त्यहाँ हेर त “म” भन्ने सबै स्थिती मा छ , थ्यो अनि रहन्छ ! शाश्वत “म” प्रती तिमी कैले सोच्दैनौ अनि क्षणिक परिस्थिति मा तिमी आतिन्छौ अनि गलत कदम उठाउछौ !

अब “म” लाई बुझौँ .. “म” के हो ?

म बिक्की हो

म आरुष हो

म राम हो

हामी म लाई यसरी बुझ्छौ ! तर के यो साचैं हो सत्य ? त्यो वाक्य ले त भौतिक शरीर हो भन्ने जनाउछ !

अब यो सोचौँ

यदि म शरीर हो भने .. हाम्रो शरीर दुख्दा .. मेरो शरीर दुख्यो किन भनेको ? “म शरीर दुख्यो ” भन्नू पर्ने हैन ? अंग्रेजी मा हेरौँ

My body …हुन्छ , हुनु पर्ने i body हो नि ?

भनेपछी म शरीर त हैन रैछ ।

अब म के हो ?

“अहम ब्रहास्मि” अर्थात म ब्रम्ह तत्व हुँ ।

र ब्रम्ह तत्व सनातन छ जस्को न जन्म हुन्छ न मृत्यु हुन्छ न नाशनै !

जुन थ्यो छ अनि रहन्छ ! सरल भाषामा “आत्म”

श्री कृष्ण भन्नू हुन्छ

“न जायते म्रियते वा कदाचिनायं भूत्वा भविता वा न भूयः।अजो नित्यः शाश्वतोऽयं पुराणोन हन्यते हन्यमाने शरीरे ॥” भगवत गिता २.२०

अर्थात “आत्म को लागि न जन्म हुन्छ न मृत्युु । आत्म कैले जन्मिएन ,जन्मिदैन र जन्मिने छैन । अजन्मा नित्य, शाश्वत र पुरातन छ ! शरीर मरे पनि आत्म मर्दैन “

अब एउटा शरीर जुन अस्थाइ छ , तेस्को लागि तिमी यति धेरै सोच्छौ ! दुख नहोस , गरो नहोस , रोग नलागोस तर जुन अन्न्त समय को लागि रहने “म” आत्म को लागि एक क्षण पनि सोच्दैनौ ! एक पल्ट आत्मबोध गरौँ बुझौ के को लागि हामी चिन्तित छौ ? अनि किन छौ !

याद राख कोहि मर्दा

“देहान्त भनिन्छ आत्मन्त हैन ! ” जस्को अर्थ शरीर को अन्त्य ।

हामी कोहि मर्दा ” छोडेर जानू भयो भन्छौ ” शरीर त तेहि हाम्रो अगाडि हुन्छ अब छोडेर गयो चाहिँ को ?

प्रश्न पनि यहि अनि उत्तर तिमी आफै “यानिकी “म”

Leave a Reply

Your email address will not be published. Required fields are marked *