मनुष्य किन सर्वश्रेष्ठ प्राणी ? के फरक हामी र पशु मा ?

“म”

Dark Light

हामी ले सधैं सुन्दै पढ्दै आएका छौ मनुष्य सृस्टी कै सर्वश्रेष्ठ प्राणी हौ तर किन त ? कसैलाई थाहा छ | खानु,सुत्नु,बचाउ गर्नु अनि वंश
बढाउनु नै सर्वश्रेष्ठता हो भने त् .. यो सबै त हरेक पशुपंक्षी ले पनि गर्ने गर्छन अझ भन्नु पर्दा हामीले भन्दा सजिलै गर्छन |
हामीलाई केहि कुरा मा दाज्नु पर्दा सधैँ आफु भन्दा श्रेष्ठ संग दाजिन्छ | जस्तै कोहि धेरै बाठो भयो भने “काग ” जस्तो बाठो , आखाँ तेजिलो
छ भने चिल को जस्तो आँखा , स्याल जस्तो चलाक आदि इत्यादि | यो कुरा हरुमा त पशुपंक्षी हरु नै हामी भन्दा सबल देखियो !
तर पनि किन मनुष्य सर्वश्रेष्ठ ? किन भने मानिस मानिस संग जिज्ञासा अनि ज्ञान आर्जन गर्ने क्षमता छ , मनुष्य नयाँ कुरा बुझ्न सिक्न अनि आविस्कार
गर्न सक्छन | मनुष्य संग लक्ष्य छ जुन अरु प्राणी मा छैन ! मानिस हरु आफ्नो क्षमता बढाउन तालिम त सिप हरु आजन गर्न सक्छन
सबै प्राणि मायो क्षमता हुँदो हो त ! कुकुरले पनि कुनै प्रशिकश्क संग तालीम लिएर जागिर खान्थ्यो होला , तर यो उ आफैले सोचेर अनि
बुझेर गर्न सक्दैन ! अब अर्को प्रश्न के मनुष्यले आफ्नो श्रेष्ठता को सहि प्रयोग गरेका छन् त ? हामी मनुष्य हरु आफ्नो श्रेष्ठता मात्र केवल भौतिक
सुख को लागी प्रयोग गरिरहेका छौ ! राम्रो खान , घर , पैसा , सुरक्षा , आदि ! यो सबै त अरु प्राणी हरु यसै पनि गरिरहेका छन्
उसो भए त प्राणी हुनुमै ठिक नि हैन ? न पढाइ को चिन्ता न बिहेवारी न धन संचय !

मनुष्य ले के बुझ्ने ?

” न कंचित् शाश्वतम्” अर्थात “केहि पनि स्थायी छैन ” nothing is permanant !
सुने कै छौ खाली हात आयो खाली हात नै जानु पर्छ | भने यो सबै दौडदुप के को लागी ? हामीले के बिर्सी राको छौ त ?

महाभारतको युद्द्भुमी मा जब अर्जुन आफ्नो हात ले आफ्नै भाइभारदार , जेस्ठ अनि गुरुहरुको ज्यान लिनु पर्ने भएपछी चिन्तित हुँदा
भगवान श्री कृष्ण भन्नु हुन्छ
“अविनाशि तु तद्विद्धि येन सर्वमिदं ततम् । विनाशमव्ययस्यास्य न कश्चित्कर्तुमर्हति ” (भगवत गिता २.१६)
अर्थात “जो सम्पूर्ण शरीरमा व्याप्त छ , तेस्लाई अविनासी सम्झनु पर्दछ
त्यो आत्मा लाइ कसैले पनि नस्ट गर्न सक्दैन| “

“वासांसि जीर्णानि यथा विहाय नवानि गृह्वाति नरोऽपराणि।
तथा शरीराणि विहाय जीर्णा न्यन्यानि संयाति नवानि देही” (भगवत गिता २.२२)

अर्थात जसरी मानिस हरु ले पुराना लुगा हरु त्यागेर नयाँ धारण गर्छन
तेसरी नै आत्मा ले पनि पुराना शरीर त्यागेर नयाँ भैतिक शरीर धारण गर्छन !

माथिको दुइ शोल्क हरु बाट प्रस्ट हुन्छ कि भौतिक शरिर नाशवान अनि आत्मा शास्वत हुन्छन !
हामी आफ्नो समय, ज्ञान अनि बुद्दि को जत्ति पनि प्रयोग गरिरहेका छौ त्यो सबै भौतिक सुख अनि इन्द्रिय हरु को तृप्ति को लागी
खर्च गरिरहेको छौ .. जुन नाशवान छ | तर जुन कुरा अमर छ शास्वत छ तेस्को लागी खै त हामी ले केहि गरेको ?

तिमीले कमाएको को , जम्मा गरेको , सबै वस्तु हरु तर शरिर संगै यहि रहन्छ तर आत्मा तिम्रो कर्म लिएर अर्को शरिर धारण गर्छ|
तिम्रो कर्म नै तिम्रो अर्को जन्म को आधार हुन्छ !
मनुष्य बुझ्नु पर्ने कुरा भनेकै .. “म आत्मा हुँ शरिर हैन ” अनि यो मनुष्य जीवन अमुल्य छ र यसरी पाएको जीवन केवल
आहार, निद्रा,भय अनि मैथुन को लागी खेर फाल्नु हुन् ! जसरी शरीरको लागी खाना को जुगाड गर्छौ तेसरी नै आत्म को लागी उर्जा
खोज ! आत्मा को उर्जा भनेको ज्ञान आर्जन ” अध्यात्म ज्ञान ” …
मनुष्य जीवन को लक्ष्य भनेको नै भगवत प्राप्ती हो ! तेस्को लागी ज्ञान आर्जित गर !

“गरिव भएर जन्मिनु तिम्रो गल्ति हैन गरिव भएर मर्यो भने तिम्रो गल्ति हो “भन्ने भौतिक कथन लाइ त्यागेर
“मनुष्य भएर जन्मियौ तर पशु भएर मृत्यु वरण नगर ” यसमा चिन्तन गर !

क्रमशः

हरे कृष्ण !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

“म”

“कसैले छोडेर गयो भनेर दुखित नहुनु , जो भाग्य मा छ उ जसरी नि आउँछ र जो भाग्य…

हामी किन दुखी त ?

सुन्दै, पढ्दै आएको हामीले “ज्ञानी मान्छे सुखी अनि अज्ञानी मान्छे दुखी ” हुन्छन भनेर ! अब हामी एकाइसौँ…